Section 25
सङ्कलित सूचनाको संरक्षण
(१) कुनै सार्वजनिक निकायले सङ्कलन गरेको वा त्यस्तो निकायको जिम्मा वा नियन्त्रणमा रहेको वैयक्तिक सूचना त्यस्तो निकायले संरक्षण गर्नु पर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक निकायले वैयक्तिक सूचनामा हुन सक्ने अनधिकृत पहुँच वा त्यस्तो सूचनाको अनधिकृत उपयोग, हेरफेर, खुलासा, प्रकाशन वा प्रसारण विरुद्ध हुन सक्ने जोखिमका विरुद्ध सुरक्षाको उपयुक्त प्रबन्ध गर्नु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले प्रचलित कानून बमोजिम कुनै वैयक्तिक सूचना खुलासा गर्न वा गराउन सक्नेछ।